Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

डिशहोमको 'उत्सव फाइबरनेट'अफर सार्वजनिक

डिशहोमको 'उत्सव फाइबरनेट'अफर सार्वजनिक

आर्थिक पत्र
शुक्रवार, आश्विन ७ २०७९
  • काठमाडौं । डिशहोम फाइबरनेटले चाडपर्वलाई लक्षित गरेर उत्सव फाइबरनेट योजना सार्वजनिक गरेको छ ।   

    उत्सव फाइबरनेट अफर अन्तर्गत मात्र  ८७० रुपैयाँमा  प्रति महिना  २०० एमबीपीएसको इन्टरनेट प्याकेज दिनेछ ।  त्यस्तै प्रति महिना ५९५ रुपैयाँमा  ७५ एमबीपीएस, ६८७ रुपैयाँमा  १०० एमबीपीएस, ८२४  रुपैयाँमा  १५० एमबीपीएस  र  ९१६  रुपैयाँमा   २५० एमबीपीएसका प्याकेजहरु उपलब्ध रहेको डिसहोमले जनाएको  छ । 

    यो प्याकेज अफरमा एक वर्षको जडान गर्ने ग्राहकहरुले राउटर पनि सित्तैमा पाउनेछन् ।  इन्टरनेटसँगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले २५० रुपैयाँ प्रति महिनामा डिशहोम आई टिभीको सेवा पनि लिन पाउने डिशहोमले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार