Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

जलविद्युत् आयोजना बनेसँगै जग्गाकाे भाउ महंगियाे

जलविद्युत् आयोजना बनेसँगै जग्गाकाे भाउ महंगियाे

आर्थिक पत्र
शुक्रवार, आश्विन ७ २०७९
  • लमजुङ । कुनै बेला कौडीको मूल्यमा नबिक्ने झाडीले ढाकेका जग्गाको मूल्य जलविद्युत् आयोजना निर्माणको क्रमसँगै बढ्दै गएको छ । दोर्दीखोलामा जलविद्युत् आयोजना बनेसँगै जग्गाकाे भाउ बढ्नन थालेकाे हाे । 

    images

    उत्पादन लिन नसकेका जग्गा पनि जलविद्युत् आयोजनालाई चाहिँदा र चित्तबुझ्दो मूल्य आएपछि आयोजनालाई जग्गा बिक्री गरेर पनि स्थानीय बासिन्दाले अन्य क्षेत्रमा लगानी गर्न पाएका छन् ।

    आयोजना प्रभावित क्षेत्रका स्थानीयले सन्तोषजनक मूल्य पाएसँगै सदरमुकामलगायत अन्य सहरहरूमा समेत घरजग्गालगायत क्षेत्रमा लगानी गरेका छन् ।

    मालपोत कार्यालयले निर्धारण गरेभन्दा पनि स्थानीयको चलनचल्तीको भाउमा महँगो मूल्यमा जग्गा बिक्री गरेको दोर्दीका स्थानीय गोरे गुरुङ बताउँछन् । उनी भन्छन्, ‘उब्जाउ नहुने, कैयाैँ वर्षदेखि बाँझो रहेका जग्गासमेत आयोजनाले राम्रो मूल्य दिएर खरिद गरेको छ ।’

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार