Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

भारतमा सुरू भयो आइफोन-१४ को उत्पादन

भारतमा सुरू भयो आइफोन-१४ को उत्पादन

आर्थिक पत्र
मंगलवार, आश्विन ११ २०७९
  • एप्पलले भारतमा आइफोन-१४ सिरिजका उपकरणहरूको उत्पादन सुरू गरेको छ। एप्पल इंकले केही साता अघि मात्रै आइफोन-१४, आइफोन-१४ प्लस, आइफोन-१४ प्रो र आइफोन प्रो म्याक्स सार्वजनिक गरेको हो। 

    एप्पलको ग्लोबल पार्टनर फक्सकनले चेन्नइ नजिकै रहेको श्रीपेरुम्बुदुर फ्यासिलिटीबाट नयाँ आइफोन-१४ सिरिजका उपहरणहरू उत्पादन गर्ने भएको हो। उत्पादित उपकरणहरू सन् २०२२ को अन्त्यतिर भारतीय बजारमा सार्वजनिक हुने अपेक्षा गरिएको छ।

    ‘भारतमा आइफोन-१४ उत्पादन गर्न हामी उत्साहित छौं। यसले हाम्रो उत्पादनको दायरा पनि फराकिलो बनाउनेमा सकारात्मक छौं,’ एप्पलका प्रवक्ताले अमेरिकी प्रविधि वेबसाइट टेकक्रन्चलाई भनेका छन्।

    एप्पलले सन् २०१७ देखि भारतमा आफ्नो उपकरणहरूको उत्पादन सुरू गरेको हो। कम्पनीले सन् २०२५ सम्ममा भारतलाई एक विश्वव्यापी आइफोन निर्माण हबमा परिणत गर्ने विश्लेषकहरू अनुमान लगाउँछन्। 

    एक दशकभन्दा बढी समयदेखि एप्पल आफ्नो अधिकांश उपकरणहरू उत्पादनको लागि चीनमा निर्भर छ। तर यतिबेला कम्पनीले यो निर्भरता घटाउँदैछ। 

    भारतमै आइफोन-१४ सिरिजका उपकरणहरू उत्पादन हुने भएसँगै स्थानीय बजारको लागि आइफोन थप किफायती हुनेमा बजार आशावादी रहेको समेत टेकक्रन्चमा उल्लेख छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार