Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

एक करोड बढी लगानीमा भुलभुले खानेपानी योजना सम्पन्न

एक करोड बढी लगानीमा भुलभुले खानेपानी योजना सम्पन्न

आर्थिक पत्र
बुधवार, आश्विन १२ २०७९
  • लमजुङे। मर्स्याङ्दी गाँउपालिकामा एक करोड बढी लगानीमा भुलभुले खानेपानी योजना निर्माण भएको छ । 

    images

    खानेपानी योजनाको एक कार्यक्रमबीच मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले उद्घाटन गरेका हुन्  । गाउँपालिकाभित्रका स्थानीयलाई व्यवस्थित र स्वच्छ पानी खुवाउन स्थानीय सँग सधै हातेमालो गरी अधि बढ्ने अध्यक्ष गुरुङको भनाइ छ ।

    भुलभुले खानेपानी योजनबाट साविक भुलभुले गाविस १ र २ का एक सय ८५ घरधुरी लाभान्वित भएका छन् ।

    भुलभुले खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र गाउँबासीको श्रमदान २७ लाख ८९ हजार पाँच सय ४४ रुपैयाँ र संघीय खानेपानी तथा ढल निकास आयोजनको एक कारोड ११ लाख ५७ हजार नौ सय ७८ रुपैयाँ लगानीमा खानेपानी योजना सम्पन्न भएको खानेपानी उपभोक्ता समितिका सचिव कृष्णप्रसाद घिमिरेले बताए । उनका अनुसार खानेपानीको ओभरहेड टंकी, एक घर एक धारा व्यवस्थित रूपमा निर्माण भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार