काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाले महान चाड दसैंको उपलक्ष्यमा ‘दसैंको उमंग, डिजिटल सपिङसँग’ उपहार योजना सार्वजनिक गरेको छ। दसैंको बेला आम मानिसलाई अनलाइबाट कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले दसैंको अवसर पारेर इसेवाले यस्तो योजना सार्वजनिक गरेको हो।
यो योजना असोज १० गतेदेखि असोज २४ गतेसम्म सञ्चालन हुनेछ। यस योजना अन्तर्गत इसेवा एपमा रहेको 'रु एक' स्किममा भाग लिई विभिन्न आकर्षक उपहार प्राप्त गर्न सकिन्छ।
इसेवा दसैं स्पेशलमा गइ रु १ मा भाग लिँदा एक जना भाग्यशाली विजेताले काठमाडौंदेखि नयाँ दिल्लीसम्मको हवाइ टिकट प्राप्त गर्न सक्नेछन्। यसैगरी रु १ मै दुईजना भाग्यशाली विजेताले रियलमी नाइन आई फाइभ जी मोबाईल प्राप्त गर्न सक्नेछन् भने २० जनाले इसेवाको प्रिभिलेज हेल्थ इन्स्योरेन्स् प्याकेज प्राप्त गर्न सक्नेछन्। रु १ अफरमा सहभागी भई विजेता बन्न नसकेका व्यक्तिहरूको एक रुपैयाँ फिर्ता हुनेछ। यसैगरी प्रयोगकर्ताले इसेवामा दसैं अफर सेग्मेन्टमा गइ विशेष छुटमा टप ब्राण्डहरू सिजी, आइएनए सेन्टर, आइटिटिआई लगायतका ब्राण्डका मनपर्ने वस्तुहरू खरिद गर्न सकिन्छ। विशेष छुटमा रेफ्रिजेरेटर, ल्यापटप,वासिङ मेसिन, माइक्रोवेभ, इलेक्ट्रिक गिजर, हिटर, भ्याकुम क्लिनर, परफ्युम लगायत वस्तुहरु खरिद गरी मौकाको फाइदा उठाउन सकिनेछ।
यस्तै दराज छुट भौचरमार्फत एक सयदेखि एक हजार एक सयसम्मको खरिद गर्दा २५० रिवार्ड पोइन्ट, दुई सयदेखि २१ सय सम्म गर्दा पाँच सय रिवार्ड पोइन्ट, पाँच सयदेखि ५१ सयसम्मको खरिदमा १,२५० रिवार्डपोइन्ट पाउन सकिन्छ। यस अफर अन्तर्गत इसेवा मार्फत क्यूआर गर्दा गोकर्ण रिसोर्टमा ५ प्रतिशत, क्लव हिमालयमा १० प्रतिशत, हाम्रो श्रृंगारमा ५ प्रतिशत, टिएस आरमाोराईमा २० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ।
इसेवाले हाल एण्ड्रोइड मोबाइलमा ५५ लाख र आइओस मोबाइलमा करिब १० लाख गरी ६५ लाख बढी ग्राहकलाई एपमार्फत सेवा प्रदान गरिरहेको छ। इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।


