Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एनसेलले ल्यायो चाडपर्वका लागि विशेष योजना

एनसेलले ल्यायो चाडपर्वका लागि विशेष योजना

आर्थिक पत्र
बिहिवार, आश्विन १३ २०७९
  • काठमाडौं । एनसेलले चाडपर्व विशेष योजना ल्याएको छ। यो योजनाअन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।

    चाडवाडका बेलामा घरमा रहँदा होस् या बाहिर, जहाँ भए पनि पनि डेटा सेवा लिन सकिने गरी एनसेल आजियाटाले नौलो तथा आकर्षक ‘होम एन्ड अवे डेटा प्याक’ अफर ल्याएको हो।

    कम्पनीका अनुसार दसैं, तिहार र छठ पर्वको अवसरमा ल्याइएको यो प्याक प्रयोग गरी ग्राहकले शुभकामना आदानप्रदान, चाडपर्वको उत्साह, उमंग साट्नुका साथै आफ्ना प्रियजन र साथीभाइसँग सम्पर्कमा रहिरहन सक्नेछन्।

    ग्राहकले यो प्याकमा करसहित मात्र ५९९ रूपैयाँमा ३० जिबी होम डेटा र ३० जिबी अवे-डेटा गरी कुल ६० जिबी डेटा पाउने कम्पनीले जनाएको छ।

    यो प्याक एनसेलले बिहीबार (असोज १३) बाट ल्याएको हो।

    ग्राहकले *१७१२३*३०# डायल गरेर यो प्याक किन्न सक्छन्। यसैगरी एनसेल एप र एनसेलको वेबसाइटमार्फत पनि यो प्याक लिन सकिन्छ।

    प्याकमा पाइने कुल ६० जिबी डेटामा ३० जिबीको होम डेटा ग्राहकले घरमा रहँदा प्रयोग गर्न पाउँछन् भने ३० जिबी अवे-डेटा घरबाहिर जहाँ पनि चलाउन सक्छन्।

    यो प्याक अन्तर्गत डेटा चलाउन ग्राहकले जुन स्थानमा रही यो प्याक सुरू गर्छन्, त्यही स्थानलाई होम लोकेसन मानिन्छ। अन्य स्थानलाई अवे लोकेसन मानिन्छ।

    ग्राहकले आफ्नो आवश्यकताअनुसार आफ्नो होम प्याकको स्थान परिवर्तन पनि गर्न सक्छन् र प्याकमा रहेको डेटाबाट फाइदा लिन सक्छन्।

    यो प्याक सुरू भएपछि २८ दिनका लागि मान्य रहन्छ।

    कम्पनीका अनुसार यो डेटा प्याकको विषेशता भनेको प्याकमा रहेको डेटा भोलुम खपत भइसकेपछि प्याकको समयावधि रहेसम्म पे एज यू गो (पेजी) दर लागू हुँदैन। होम एन्ड अवे डेटा प्याकमा रहेको डेटा सकिएमा ग्राहकले कुनै पनि अन्य डेटा प्याक खरिद गरि डेटा चलाउन सक्छन्।

    डेटा सेवालाई अझै सुलभ बनाउँदै आफ्ना ग्राहकका लागि नेपालमै पहिलोपटक यस्तो नौलो तथा आकर्षक प्याक ल्याउन पाएको हर्षित रहेको एनसेलले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार