Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

महँगा मोबाइलमा गरिएको प्रतिबन्धले आयात ४० प्रतिशत घट्यो

महँगा मोबाइलमा गरिएको प्रतिबन्धले आयात ४० प्रतिशत घट्यो

आर्थिक पत्र
सोमवार, आश्विन २४ २०७९
  • काठमाडौँ।  चालु आर्थिक वर्षको साउन र भदौमा ४० दशमलव ३५ प्रतिशतले मोबाइल फोन आयात घटेको छ । गत आर्थिक वर्षको साउन र भदौ महिनाको तुलना गर्दा मोबाइल आयात घटेको भन्सार विभागको तथ्यांक छ । विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ६ अर्ब ६४ करोड ९५ लाख ३३ हजार रुपैयाँकाे ८ लाख ९९ हजार ६८० वटा मोबाइल फोन भित्रिएको हो । 

    गत आर्थिक वर्षको साउन– भदौमा १० अर्ब ३६ करोड ३५ लाख ७६ हजार रुपैयाँको १४ लाख ९८ हजार ७६५ वटा मोबाइल सेट आयात भएको थियो । सरकारले वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गर्दै ६०० अमेरिकी डलरभन्दा महँगो मोबाइल फोन आयात गर्न प्रतिबन्ध लगाएको थियो ।

    त्यस्तै असार ३१ गते प्रकाशित राजपत्रअनुसार भने हाल ३०० अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल आयातमा रोक लगाइएको छ । मोबाइल फोन आयातमा कडाइ गरेको सरकारले साउन १ गतेभन्दा अघि खुलेका प्रतितपत्र (एलसी) का हकमा भने आयात गर्न दिने व्यवस्था गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार