Logo

Nov 08 2026

Nov 08 2026 | २०८३ कार्तिक २३ गते

images

तीन जना मृत अवस्थामा फेला

तीन जना मृत अवस्थामा फेला

आर्थिक पत्र
मंगलवार, आश्विन २५ २०७९
  • काठमाडौं । देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । कैलालीको जोशीपुर गाउँपालिका–६ सिम्री बस्ने ४२ वर्षीय रोगाही बडायक मृत अवस्थामा फेला परेका छन् । 

    images

    उनी आफ्नै घरबाट करिब १ किलोमिटर टाढा रहेको खेतको कुलोमा सोमबार मृत अवस्थामा फेला परेका हुन् । 

    खेतमा पानी हेर्न गएका उनी फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त खेतस्थित कुलोमा उनको शव फेला परेको हो । 

    डोटीको बडिकेदार गाउँपालिका–३ भैंसीडाँडा बस्ने ६१ वर्षीय कलम बहादुर बुढामगर सोही ठाउँस्थित घाङ्गल खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । 

    बडिकेदार गाउँपालिका–३ नानाकोटस्थित दाजुको घरबाट गत बुधबार दसैंको टिका थापी घर फर्किने क्रममा बेपत्ता भएका उनको उक्त खोलामा सडिगलेको अवस्थामा शव फेला परेको हो । 

    बर्दियाको बाँसगढी नगरपालिका–१ बाटुलेस्थित बबई नदीको किनारमा सल्यान कालिमाटी गाउँपालिका–६ बस्ने ६० वर्षीय नर बहादुर दर्लामी मगर सोमबार मृत अवस्थामा फेला परेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार