Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

डेंगु बिरामीको संख्या ३४ हजारको नकिज

डेंगु बिरामीको संख्या ३४ हजारको नकिज

आर्थिक पत्र
मंगलवार, आश्विन २५ २०७९
  • काठमाडौं ।  नेपालमा डेंगु बिरामीको संख्या ३४ हजार पुग्न लागेको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशमा डेंगु बिरामीको संख्या ३३ हजार ९७५ पुगेको छ । 

    २०७९ साउन १ गतेदेखि यता उक्त संख्यामा डेंगुका बिरामी नेपालमा भेटिएका हुन् । 

    डेंगुका कारण सो अवधिमा नेपालमा ४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

    हाल देशको सातै प्रदेश अन्तर्गतका ७६ जिल्लामा डेंगु फैलिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार