Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

पठाओ प्रयोगकर्ताले ‘छिटो पैसा’ बाट शुल्क तिर्न सक्ने

पठाओ प्रयोगकर्ताले ‘छिटो पैसा’ बाट शुल्क तिर्न सक्ने

आर्थिक पत्र
बुधवार, आश्विन २६ २०७९
  • काठमाडौं ।  राइड सेयरिङ प्लेटफर्म पठाओले डिजिटल वालेट छिटो पैसासँग सहकार्य गरेको छ। पठाओ नेपालका निर्देशक शशांक समशेर थापा र 'छिटो पैसा' प्रालि (डिजिटल वालेट) का सहसंस्थापक प्रविन रेग्मीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। 

    उक्त वालेट एप प्रयोग गर्दा सेवाग्राहीले सजिलै राइडर, फुडम्यान र क्याप्टेनलाई सोही एपमार्फत रकम भुक्तानी गर्ने र राइडर, फुडम्यान र क्याप्टेनले पनि सोही एपबाटै पठाओलाई दिनुपर्ने रकम भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

    २५ सेप्टेम्बर २०१८ देखि बाइकमा राइड सेयरिङमार्फत सेवा सुरू गरेको पठाओले चार वर्षे यात्रा पूरा गरेको छ। काठमाडौं उपत्यकामा निकै लोकप्रिय भएको पठाओले चितवनमा पनि सेवा सुरू गरेको छ।

    पठाओले मोटरसाइकलसँगै ट्याक्सी र खानेकुरा डेलिभरी सेवा पनि दिँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार