Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

सुनकोशी–मरिन डाइभर्सनको सुरुङ खन्ने कार्य सुरु

सुनकोशी–मरिन डाइभर्सनको सुरुङ खन्ने कार्य सुरु

आर्थिक पत्र
शुक्रवार, आश्विन २८ २०७९
  • सिन्धुली । सिन्धुलीमा निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्ने कार्य आजबाट सुरु हुने भए पछि त्यसको निरिक्षणमा उर्जा मन्त्री पम्फा भुषाल सिन्धुली पुगेकी छिन् । मन्त्री भुषालले स्विच अन गरी सुनकोशी–मरिन डाइभर्सनको सुरुङ खन्ने कार्यको उदघाटनसमेत गरेकी छिन् । 

    images

    सुनकोशी–मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) प्रबिधि प्रयोग गरी सुरुङ आजवाट खन्न लागिएको हो । भेरी–बबई डाईभर्सनको सुरुङ पनि यही प्रविधिवाट खनिएको हो । मरिन खोलवाट टनेल खन्न सुरु गरेको ठेकदार कम्पनी चाइना ओभरसिज कक्स्ट्रक्सन कम्पनी लिमिटेडले २४ महिनाभित्रै सुरुङ खनिसक्ने गरी आजवाट टनेलका लागि तालिका बनाएको छ । 

    मरिन डाइभर्सन आयोजनाबाट तराई मधेसका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका  करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिंचाइ सुविधा पुग्ने र तथा ३१–७ मेगावाट बिजुली पनि उत्पादन हुनेछन । सुनकोशी नदिको पानी तराई मधेसका जिल्लामा सो पानी सिंचाई गरिनेछ  । 

    सो आयोजनाको उदघाटन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार