काठमाडौं । बजारमा भएको चर्चाको हिसाबले आईफोन १४ र आईफोन १४ प्लसको बिक्री भने त्यति उत्साहित देखिएको छैन । डिजिटाइम्सले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार यी माेडेलकाे तुलनामा आईफोन १४ प्रो र आईफोन १४ प्रो प्लसको बिक्री भने सन्तोषजनक रहेको छ ।
सन् २०२१ को दोस्रो छ महिनामा आईफोन १३ सिरिजका फोनहरूको आपूर्ति अभाव भएजस्तै आईफोन १४ मा ले पनि साेही समस्या झेलिरहेकाे अनुमान गरिएको छ । अहिलेको अवधिमा आईफोन १४ र १४ प्लसको बिक्री न्यून रहँदा कम्पनीले आवश्यक पार्टपुर्जाको अर्डर कटौती गर्नसक्ने पनि चर्चा छ ।
यो पटक आईफोनले अपेक्षाकृत रुपमा बजारमा आफ्नो स्थान बनाउन सकेको छैन । आईफोन एसई र आईफोन १३ को प्रि-अर्डरको तुलनामा आईफोन १४ सिरिजका स्मार्टफोनहरूको प्रि-अर्डर पनि निकै नै न्यून छ ।
रिपोर्ट अनुसार आईफोन १४ को प्रि-अर्डर आईफोन १३ को तुलनामा ३८ प्रतिशतले कम छ ।

