Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

भारतबाट बढेर आयो पेट्रोल-डिजेलको भाउ

भारतबाट बढेर आयो पेट्रोल-डिजेलको भाउ

आर्थिक पत्र
सोमवार, आश्विन ३१ २०७९
  • काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको भाउ बढाएर पठाएको छ।

    images

    आइतबार आइओसीबाट मूल्य बढेर आएको निगमले विज्ञप्तिमार्फत् जानकारी दिएको हो। निगमका अनुसार खासगरी डिजेल र हवाइ इन्धनको मूल्य अत्यधिक बढेर आएको छ।

    नयाँ मूल्यसूची अुनसार पेट्रोलमा १.७४ रूपैयाँ प्रतिलिटर, डिजेलमा १५.६० प्रति लिटर र हवाइ इन्धनमा १०.२५ रूपैयाँ प्रतिलिटर बढेर आएको छ।

    योसँगै निगमलाई डिजेलमा ६.३४ रूपैयाँ प्रतिलिटर हुने बताएको छ। त्यस्तै खाना पकाउने ग्यासमा ३२५.४४ रूपैयाँ प्रतिसिलिन्डर घाटा छ। पेट्रोल, हवाइ इन्धन र मट्टितेलमा भने केही नाफा नै छ। 

    'यो सबै गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करिब ३९ करोड रूपैयाँ नाफा हुने प्रक्षेपण गरिएको छ,' विज्ञप्तिमा भनिएको छ।

    निगमले हाललाई नेपाली बजारमा भने पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ।

    आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल किन्दैन। आइओसीबाटै आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ किन्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउने हो।

    आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।

    त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ। यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ।

    यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो।

    nov.jpg
    undefined

    त्यस्तै निगमको करिब ३३ अर्ब ६० करोड रूपैयाँ ऋण छ। निगमले नेपाल सरकार, राष्ट्रिय वाणिज्य बैंक र इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई ३३ अर्ब ६० करोड रूपैयाँ तिर्न बाँकी रहेको जनाएको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार