Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

राइड सेयरिङदेखि पानी ट्यांकरसम्मको सुविधासहित सुरू भयो 'जाउँ गुरू'

राइड सेयरिङदेखि पानी ट्यांकरसम्मको सुविधासहित सुरू भयो 'जाउँ गुरू'

आर्थिक पत्र
सोमवार, आश्विन ३१ २०७९
  • काठमाडौं । नेपालमा नयाँ राइड सेयरिङ एप थपिएको छ। 

    काठमाडौंमा आइतबार एक कार्यक्रमबीच 'जाउँ गुरू' एप सार्वजनिक भएको हो। आधुनिक फिचर्सका साथ एप तयार गरिएको कम्पनीको दाबी छ।

    यो एपमा जिपिएस ट्रयाकिङ, चालक बीमालगायत सुविधा छन्।  २४सैं घण्टा सेवा दिने कम्पनीले बताएको छ। खल्तीलगायत वालेट प्रयोग गरेर अनलाइन भुक्तानी गर्न सकिन्छ। 

    जसमार्फत् मोटरसाइकल, ट्याक्सी, मोटरसाइकल ढुवानी, पानी ट्यांकर, मिनी ट्रक र जिप भाडामा लिन सकिन्छ। 

    तीन जना युवाहरू मिलेर राइड सेयरिङ बजारमा नयाँ सुरूआत गरेका हुन्। लामो समयदेखि बेलायत बस्दै आएका इन्द्रहाङ लिङ्देन, खुसीमान लिम्बु र दिवाकर अर्याल जाउँ गुरू प्रालिका सञ्चालक हुन्। कम्पनीका अध्यक्ष इन्द्रहाङ लिङ्देनले आफूहरूले एकै ठाउँमा धेरै किसिमका सेवा सुरू गरेको बताए। 'जाउँ गुरू सुरक्षित र स्मार्ट छ। यसमा बार्गेनिङ गरेर सेवा लिन सकिन्छ,' उनले भने। 

    सुरूमा काठमाडौं उपत्यका भित्र मात्रै सीमित हुने यो सेवा भविष्यमा उपत्यका बाहिर पनि विस्तार गरिने उनले बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार