Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

आइफोनसँग चार्जर नदिएको मुद्दामा एप्पलले तिर्‍यो साढे २ अर्ब जरिवाना

आइफोनसँग चार्जर नदिएको मुद्दामा एप्पलले तिर्‍यो साढे २ अर्ब जरिवाना

आर्थिक पत्र
मंगलवार, कार्तिक १ २०७९
  • काठमाडौं । ब्राजिलको एक अदालतले आइफोनमा चार्जर नराखेको भन्दै एप्पललाई ब्राजिलियन रियल १०० मिलियन (करिब दुई अर्ब ४७ करोड रूपैयाँ) जरिवाना गरेको छ। ब्राजिलको साओ पाउलो स्टेटले गत बिहीबार एप्पल इंकविरुद्ध उक्त फैसला गरेको हो। 

    अन्तर्राष्ट्रिय वेबसाइट बिजनेस इनसाइडरका अनुसार जरिवानासँगै अदालतले एप्पललाई आइफोनसँगै चार्जर दिएर बिक्री गर्न आदेश दिएको छ। 

    एप्पल इंकले भने कार्बन उत्सर्जन कम गर्न र विद्युतीय फोहोर कम गर्न आइफोनमा चार्जर उपलब्ध गराउन बन्द गरेको बताएको छ। तर चार्जरबिना आइफोनको बिक्रीलाई ब्राजिलको अदालतले गलत अभ्यास भएको घोषणा गरेको छ।

    ब्राजिलको न्याय मन्त्रालयले गत सेप्टेम्बरमा चार्जरबिना आइफोन बिक्री गर्न नपाउने निर्णय नै गरेको थियो।

    एप्पलले सन् २०२० देखि नयाँ आइफोनसँग चार्जर उपलब्ध गराउन बन्द गरेको हो। त्यसभन्दा अघि कम्पनीले आइफोनको खरिदमा निःशुल्क चार्जर उपलब्ध गराउँथ्यो। तर हाल कम्पनीले चार्जिङ केबल मात्रै उपलब्ध गराउँदैछ। 

    एप्पलले सन् २०२४ सम्ममा आफ्नो एरपोड्स र म्याक उपकरणहरूको लागि युएसबी-सी पोर्ट सार्वजनिक गर्ने पनि बताउँदै आएको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार