काठमाडौं। काठमाडौंमा घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले यस तिहारमा उत्सव मनाउनका लागि “तिहारको तयारी, अब भेटायोको जिम्मेवारी” भन्ने योजना ल्याएको छ । यस अन्तर्गत भेटायोले एउटा घर ५ हजार ८०० रूपैयाँ मात्रमा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा वितरण निःशुल्क प्रदान गर्ने अवसर ल्याएको छ ।
यसको बुकिङ मिति पहिले नै खुलाइएको छ भने यो सुविधा केही दिनकोलागि मात्र रहने छ । साथै सफाई, पेन्टिङ र लुगा धुने काममा समेत १५% छुटकोे व्यवस्था गरिएको छ । यस दिपावलीका लागि भटायोले तपाईको झन्झटलाई मुक्त गर्न विभिन्न सरल सेवाहरु पनि ल्याएको छ ।
मेघा बिक्रीः सरसफाई, पेन्टिङ, लुगा धुने र सवारी साधन धुन १५% सम्म छुट र थप यसमा महा दक्षिणा प्रोमो कोड प्रयोग गरी ५% छुट पाउन सकिन्छ ।
तिहारमा सौन्दर्य र मर्मतका विशेष प्याकेजहरु
पञ्चकन्या एस.एस. ट्याङकी सामसुङ वाशिङ मेसिन, एयर कन्डिसनर, गिजर आदि जस्ता विभिन्न वस्तुहरूमा विशेष छुट ।
भेटायोले धेरै विभिन्न संस्था तथा व्यक्तिहरूबाट ठूलो मान्यता र विश्वास कमाउन सफल भएको छ । यसले ३० दिनको सेवाको वारेन्टी दिने भएको कारण उचित मूल्यमा सेवाहरू प्रदान गर्दछ । दैनिक आवश्यकता अनुसारको कुनै पनि सेवा लिन सजिलै एप मार्फत बुक गर्न र अर्डर गर्न सम्पर्क गर्न सकिन्छ ।

