Logo

Nov 08 2026

Nov 08 2026 | २०८३ कार्तिक २३ गते

images

कुम्भकार समुदाय माटोको भाडा बनाउन र बिक्रीमा व्यस्त

कुम्भकार समुदाय माटोको भाडा बनाउन र बिक्रीमा व्यस्त

आर्थिक पत्र
शनिवार, कार्तिक ५ २०७९
  • इनरुवा । एक बिहानै  सुनसरी सदरमुकाम इनरुवा–२ मा रहेका कुम्भकारहरु कोही माटो मुछ्न त कोही माटोको भाँडा बनाउन व्यस्त हुन्छन् । उनीहरु सबैको उद्देश्य एउटै छ, चाडपर्वका बेला सबैलाई माटोको भाडा सहज रुपमा पुर्याउनेछ ।

    images

    सदरमुकाम इनरुवा, लौकही, हरिपुर लगायतका स्थानमा रहेका कुम्भकारले स्थानीयको चाडपर्व सहज बनाउने उद्देश्यले माटोको भाँडा बनाउने काममा व्यस्त बनेको स्थानीय श्रीप्रसाद पण्डितले बताए । कुम्भकार समुदायले दीपावली तथा छठ पर्वलाई लक्षित गरी माटोको घैला, दीयोसहितका विभिन्न किसिमका भाँडाकुँडा बनाउने र बिक्री गर्ने काममा व्यस्त बनेको पाइएको छ । 

    भाँडो बनाउन काँचो कुमाले माटोको प्रयोग हुने गरेकाले दुई हप्ता अगाडि देखि नै माटोको जोहो गर्ने गरिन्छ । एक महिनाअगाडि सम्म विभिन्न समस्याका कारण माटो ल्याउन नसक्दा भाँडो बनाउनमा ढिलो हुने भएकाले अहिलेदेखि नै भाँडा बनाउने काममा लागेको स्थानीय देवनारायण पण्डितको भनाइ छ ।

    नजिकमा माटो नपाइने भएकाले टाढाबाट माटो खरिद गरी ल्याउनुपर्ने बाध्यता रहेकाले हतारमा काम गर्नुपर्दा उनीहरुको दिनचर्या व्यस्त बनेको छ । दीपावली तथा छठ पर्वमा दियो, चौमुखे दियो, कलश लगायतका सामग्रीको अत्यधिक माग हुने भएकाले आफूहरु सामान बनाउने काममा लागेको स्थानीय सियाराम पण्डितको भनाइ छ ।  

    पण्डित अर्थात् कुम्भकार समुदायका अधिकांश व्यक्तिको रोजीरोटी माटोसँग सम्बन्धित भाँडाकुँडा बनाउने रहेकाले सो कार्यमा व्यस्त बन्ने गर्छन् । पर्वलाई उल्लासमय बनाउन सहयोग गर्ने उद्देश्यले काम केही दिन अगाडि देखि नै गरे पनि निकै चुनौतीसमेत रहेको कुम्भकार समुदायको नेता ज्ञानदेव पण्डितले बताए । 

    प्रजापति समुदायका व्यक्तिले हात तथा मेसिनबाट भाँडो बनाई गाउँघरदेखि सहरसम्म बेच्न लान्छन् । उनीहरुको पेसालाई सरकारी पक्षले संरक्षण गर्नका लागि ध्यान दिनु जरुरी रहेको इनरुवाका सरोकारवालाहरुले बताएका छन् ।

    कोरोना महामारीका कारणले विगतका वर्षमा माटोको भाँडाको कारोबार कम भएको थियो । यसपटक माटोको कारोबारमा वृद्धि भए पनि बजारमा आएका विभिन्न किसिमको प्लास्टिक तथा विद्युत्को सामग्रीले झन् समस्या र चुनौती थपिँदै गएको कुम्भकार समुदायको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार