Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

डिसहोममा १ वर्षको रिचार्ज गर्दा दुधौलीकी मञ्जु विश्वकर्माले जितिन् नगद १ लाख

डिसहोममा १ वर्षको रिचार्ज गर्दा दुधौलीकी मञ्जु विश्वकर्माले जितिन् नगद १ लाख

आर्थिक पत्र
आइतवार, कार्तिक ६ २०७९
  • सिन्धुली । सिन्धुली जिल्लाको दुधौली नगरपालिकाकी मञ्जु विश्वकर्माले डिसहोमको लक्की ड्रमार्फत नगद १ लाख रुपैयाँ जितेकी छन् । उनले डिसहोममा १ वर्षको रिचार्ज गर्दा उक्त पुरस्कार जितेकी हुन् ।

    डिसहोममा १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाउनुका साथै यस लक्की ड्र योजनामा सहभागी हुन सकिन्छ । यो योजनाअन्तर्गत डिसहोम डीटीएचका ग्राहकहरूले नजिकैको डिलरदाइकोमा गएर फण्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्नुपर्ने हुन्छ ।

    यो अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत नगद १ लाख जित्ने अवसर पाउने कम्पनीको भनाइ छ । 

    हिकोला मिडिया सेन्टरको डिलरअन्तर्गत रहेको कटारी नगरपालिका– १, बेलसोतका सहवितरक कृष्ण मोबाइल & गिफ्ट सेन्टरका डिलर दाइ कृष्ण देवकोटाकोमा एक वर्ष रिचार्ज गरेर विश्वकर्माले लक्की ड्रमा सहभागी हुने अवसर पाएकी थिइन् ।

    डिसहोमको तर्फबाट सेल्स अफिसर विजयराज पन्थी, हिकोला मिडिया सेन्टरका प्रोप्राइटर प्रशान्त चौधरीले संयुक्त रूपमा उक्त पुरस्कार रकमबराबरको चेक हस्तान्तरण गरेका छन् । 

    लक्की ड्रको प्रत्यक्ष प्रसारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिसहोम रियालिटी टीभी, रमाईलो एचडी, सरोकार टीभी, नेपाः च्यानल र डिसहोम शोकेसमा हेर्नसकिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार