Logo

Nov 08 2026

Nov 08 2026 | २०८३ कार्तिक २३ गते

images

साप्ताहिक मौसम : हिमपातदेखि वर्षाको सम्भावना

साप्ताहिक मौसम : हिमपातदेखि वर्षाको सम्भावना

आर्थिक पत्र
शुक्रवार, कार्तिक ११ २०७९
  • काठमाडाैँ । आगामी साता देशको केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले विषेश साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन निकालेर हिमाली भूभागमा हल्का हिमपात तथा पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

    images

    प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भूभागमा साताको अन्त्यमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। विभागका अनुसार अधिकांश भूभागमा अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना छ।

    महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २५ दशमलव शून्य डिग्री सेल्सियस छ। 

    आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार