Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

फेसबुकले निष्कृय बनाइदियो एमआरआर ग्रुपलाई

फेसबुकले निष्कृय बनाइदियो एमआरआर ग्रुपलाई

आर्थिक पत्र
आइतवार, कार्तिक १३ २०७९
  • काठमाडौं । युवाहरूको ठूलो संख्याले फलो गरेको एमआरआर (मेन्स रूम रिलोडेड) ग्रुपलाई फेसबुकले निष्कृय बनाइदिएको छ।

    कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको भन्दै फेसबुक सञ्चालक संस्था मेटाले एमआरआर ग्रुपलाई निष्कृय बनाइदिएको हो।

    फेसबुकले आफूहरूको ग्रुपलाई कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको आरोपमा निष्कृय गरेको उक्त ग्रुप सञ्चालकले पोस्ट गरेर जानकारी गराएका छन्।

    ‘फेसबुकले हाम्रो ग्रुप एमआरआरलाई फेरि पनि कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको आरोपमा निष्कृय गरेको छ,’ एमआरआरकै पोस्टमा उल्लेख छ, ‘निष्कृय गरेको भने पनि कुन पोस्ट वा कमेन्टले हो भनेर देखाउनुपर्नेमा त्यसमा कुनै त्यस्तो पोस्ट छैन पनि भनिएको छ।’

    यो ग्रुप सन् २०२० मा पनि कारबाहीमा परेको थियो। त्यसपछि आफूहरूले त्यस्ता विषयमा निगरानी गरिरहेको उक्त पोस्ट गर्ने एडमिनले दाबी गर्दै उल्लेख गरेका छन्। रिभ्यु रेक्वे रिक्वेष्टलाई पनि फेसबुकबाट वेवास्ता गरिएको एडमिनले गरेको पोस्टमा उल्लेख छ।

    एमआरआर ग्रुपमा पछिल्लो समय राजनीतिक पोस्टसमेत हुने गरेका थिए। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार