Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

यती एयरलाइन्सको मोबाइल एप १ लाख बढी पटक डाउनलोड

यती एयरलाइन्सको मोबाइल एप १ लाख बढी पटक डाउनलोड

आर्थिक पत्र
सोमवार, कार्तिक १४ २०७९
  • काठमाडौं ।  नेपाली हवाइ क्षेत्रमा अग्रस्थानमा रहेको यती एयरलाइनसको मोबाइल एप एन्ड्रोइडमा १ लाख बढी पटक डाउनलोड भएको छ ।

    यती एयरलाइन्सले काठमाडौंबाट भद्रपुर, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्ज लगायतका विमानस्थल र पर्वतीय उडानहरुमा आफ्नो सेवा दिँदै आएको छ । एक वर्षको अवधिमा यती एयरलाइन्सले करिब ११ लाख यात्रुलाई यात्रुसेवा प्रदान गरेको छ ।

    निजी हवाई सेवा प्रदायक संस्था यती एयरलाइन्सले यात्रुहरुको चापलाई मध्यनजर गर्दै हालै मात्रै एक विमान समेत थप गरेको छ । थप गरेको छैटौं एटीआर ७२–५०० विमानले गत असोज १४ गते शुक्रबारदेखि व्यवसायिक उडान सुरु गरेको थियो ।

    सन् १९९८ बाट नेपालमा उडान सेवा प्रदान गर्दै आएको एयरलाइन्स नेपालको दोस्रो ठूलो आन्तरिक उडान भर्ने एयरलाइन्स रहेको छ । कम्पनीको प्रबन्ध निर्देशक चन्दा शेर्पा रहेकी छिन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार