काठमाडौं । नेपाल आयल निगमले इन्धनको उपभोक्ता मूल्य तत्काल नघटाउने जनाएको छ । पाक्षिक अवधि (१५ दिन) मा निगम १८ करोड रुपैयाँ नाफामा रहेपनि मूल्य तत्काल नघट्ने निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले दुई दिनअघि मात्र पेट्रोल प्रतिलिटर ६१ पैसा, डिजेल ५ रुपैयाँ ७६ पैसा, मट्टितेल ७ रुपैयाँ १ पैसा र हवाई इन्धन ४ रुपैयाँ ७७ पैसाले बढेको नयाँ मूल्य सूची पठाएको थियो ।
नयाँ मूल्यसूचीअनुसार निगमलाई डिजेलमा अझै प्रतिलिटर १२ रुपैयाँ १४ पैसा नोक्सान छ । आयल निगमका अनुसार सरकार आईओसीलाई २९ अर्ब १३ करोड रुपैयाँ तिर्न बाँकी छ ।

