Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एफवान सफ्टले विकास गर्‍यो युज मोबाइल डटकम

एफवान सफ्टले विकास गर्‍यो युज मोबाइल डटकम

आर्थिक पत्र
शुक्रवार, कार्तिक १८ २०७९
  • काठमाडौँ । एफवान सफ्ट इन्टरनेशनले युज मोबाइल बैंकिङ डटकमको सुरुवात गरेको छ।

    यस वेबसाइटले मोबाइल बैंकिङसँग परिचित गराउन थप मद्दत गर्ने बताइएकाे छ।

    वेबसाइटमा एफवान सफ्टले सरल र सजिलो नेभिगेट तरिकाले विकास गरिएका सबै बैंकिङ अनुप्रयोगहरूका लागि ट्युटोरियलहरू (सन्दर्भ सामाग्री) छन् र तिनीहरूको प्रयोगको बारेमा जान्न चाहने कुनैपनि ग्राहकले वेबसाइटमा गएर आफ्नो मोबाइल बैंकिङ प्रयोगको ट्युटोरियल (सन्दर्भ सामग्री) हेर्न सक्छन्।

    वेबसाइटमा मोबाइल बैंकिङ सम्बन्धी नविनतम तथ्य, तथ्यांक र डाटाका साथसाथै लेख, ब्लग र यस क्षेत्रका विशेषज्ञहरूका विचारहरू पनि निरन्तर अपडेट गरिन्छ।

    युज मोबाइल डटकम एफवान सफ्ट इन्टरनेशनलद्वारा मोबाइल बैंकिङको प्रयोगलाई बढावा दिन र बानी बसाल्ने प्रयोग हो, जुन शहरी क्षेत्रहरूमा डेबिट कार्ड र नगदको तुलनामा विस्तारै बैंकिङ र भुक्तानीको लोकप्रिय मोड बन्दै गएको छ।

    एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सवाश शर्माले भने 'मोबाइल बैंकिङको ठूलो संभावना छ र हामी मानिसहरूलाई टेक्नोलोजीसँग अझ बढी परिचित गराउन चाहान्छौँ, मोबाइल बैंकिङको प्रयोगमा धेरै वृद्धि भइरहेको छ र हामी आशा गछौँ की युज मोबाइल बैंकिङ डट कमले मोबाइल बैंकिङ प्रयोग गर्न थप सहज बनाउने छ।'

    एफवान सफ्ट नेपालको ठूलो फिनटेक कम्पनी हो। जो १८ वर्षभन्दा बढी समयदेखि डिजिटल फाइनान्समा केन्द्रीत छ। कम्पनीले हाल एक हजारभन्दा दक्ष जनशक्तिलाई रोजगारी दिँदै आएको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार