Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

हुवावेको आफ्नै अपरेटिङ सिस्टम परिपक्क हुँदै, विश्व प्रविधि बजारमा नयाँ तरंग आउन सक्ने

हुवावेको आफ्नै अपरेटिङ सिस्टम परिपक्क हुँदै, विश्व प्रविधि बजारमा नयाँ तरंग आउन सक्ने

आर्थिक पत्र
शनिवार, कार्तिक १९ २०७९
  • एजेन्सी । चिनियाँ दुरसञ्चार कम्पनी हुवावेले आफ्नै अपरेटिङ सिस्टम निर्माणको अन्तिम चरणमा पुगेको जनाएको छ । कम्पनीका अध्यक्ष यु चेंगडोंग ले चिनियाँ दुरसञ्चार कम्पनी हुवावेले ४ वर्षको निरन्तर प्रयासमा आफ्नै अपरेटिङ सिस्टम ‘हार्मोनी ओएस’ निर्माणको परिपक्क चरणमा पुगेको शुक्रबार बताएका छन् । युका अनुसार अहिलेसम्म हार्मोनी प्रविधि जडित उपकरणको संख्या ३ सय २० मिलियन पुगिसकेको छ, जो पछिल्लो वर्षको तुलनामा १ सय १३ प्रतिशतले बढी हो । हार्मोनी ओएस उत्पादनहरुको ढुवानी २ सय ५० मिलियन नाघेको छ, जुन अघिल्लो वर्षको तुलनामा २ सय १२ प्रतिशत बढी हो ।

    अहिले हार्मोनी प्राणालीको उत्पादन र विकासमा २ मिलियन भन्दा बढी प्राविधिकहरु संलग्न भइरहेका छन् । अध्यक्ष युका अनुसार विश्वको मोवाइल प्रणालीमा सो प्रविधि द्रुतस्तरमा जोडिदै गएको छ । हार्मोनी प्रणाली जोडिएको डिभाइस जुलाइको अन्त्यसम्ममा ३ सय मिलियन भन्दा धेरै पुगेको अध्यक्ष युले सेप्टेम्बरमा खुलासा गरेका छन् । सोही समयसम्म हार्मोनी प्रणाली जोडिएको तेस्रो पक्षको प्रविधि संख्या १ सय ७० मिलियन पुगको थियो । उनका अनुसार हार्मोनी इतिहासमा नै सबै भन्दा छिटो विकास हुने ओएस बन्न सफल भएको छ ।

    सन् २०२२ मा नयाँ विकसित प्रविधिको सन्दर्भमा हुवावे डेभलपर सम्मेलन गरिएको थियो, जुन प्रकारको सम्मेलन हुवावेले हरेक वर्ष गर्ने गर्छ । यस्ता सम्मेलनमा २५ हजार भन्दा धेरै कर्मचारी, विद्यार्थी, डेभलपर र विश्लेषक सहभागी हुने गर्छन् ।

    सेन्जेनका उच्च तहका टेलिकम अधिकारीहरुले सन् २०१९ अगस्टमा हार्मोनी ओएसको लन्च गरेका थिए । जसको ३ महिनापछि गुगलले हुवावेलाई अपरेटिङ सिस्टममा प्रतिवन्ध लगाएको थियो । गुगलको प्रतिवन्धपश्चात हुवावेले निकै मेहेनत गरेर हार्मोनी ओएस निर्माण गरिरहेको छ, जसले स्मार्टफोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक प्रविधि सञ्चालन गर्न सकिने बताइएको छ । पछिल्लो समयमा हुवावेले हार्मोनी ओएसलाई इलेक्ट्रिक कारको लागि समेत विकास गरेको छ, जसको लागि उसले चिनियाँ कार निर्माता कम्पनी सेरेससँग सहकार्य गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार