Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

वर्ल्ड कप थिमसहित बिजबजारको कार्तिक महिनाको २० मा बिज सुरु, ७४% सम्म छुट

वर्ल्ड कप थिमसहित बिजबजारको कार्तिक महिनाको २० मा बिज सुरु, ७४% सम्म छुट

आर्थिक पत्र
आइतवार, कार्तिक २० २०७९
  • ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने "२० मा BIZ" नामक Campaign अन्तर्गतको कार्तिक महिनाको Campaign WORLD CUP को THEME सहित कार्तिक १९ गते राती १२ बजे देखि २० गते सम्म live गर्ने भएको छ। 

    सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस Campaign अन्तर्गतको WINTER READY HOME योजनामा ७४ प्रतिशत सम्म, WORLD CUP KO CRAZE योजनामा ६४ प्रतिशत सम्म,, KEEP IT WARM  योजनामा ६३ प्रतिशतसम्म र WINTER BEAUTY ESSENTIALS योजनामा ३७ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन्। साथै आज सामान अर्डर गर्ने सेवाग्राहीहरूका लागि कम्पनीले डेलिभरी शुल्कमा ५० प्रतिशत छुट पनि प्रदान गरेको जनाएको छ।

    यही कार्तिक २० गतेका दिन बिजबजारले अपराह्न ६ बजेदेखि राति ८ बजेसम्म आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप पनि सञ्चालन गर्ने जनाएको छ।  

    २० मा BIZ का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ।

    साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो Campaign प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार