Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

आइफोन १४ का नयाँ मोडल किन्न ग्राहकले अझै प्रतिक्षा गर्नुपर्ने

आइफोन १४ का नयाँ मोडल किन्न ग्राहकले अझै प्रतिक्षा गर्नुपर्ने

आर्थिक पत्र
मंगलवार, कार्तिक २२ २०७९
  • एजेन्सी। एप्पल कम्पनीको नयाँ फोन खरिदका निम्ति ग्राहकले अझै प्रतिक्षा गर्नुपर्ने भएको छ।

    आइफोन एसेम्बल गर्ने कम्पनी फक्सकन रहेको सहर जोङ्जोमा चीनले लकडाउन गरेसँगै ग्राहकहरूलै अझै केही समय कुर्नुपर्ने बीबीसीले जनाएको छ।

    ‘आइफोन १४ प्रो तथा प्रो म्याक्स मोडलको माग अत्यधिक छ तर हामीले ग्राहकको माग अनुसारको फोन ढुवानी गर्न सकेका छैनौँ। कोभिडका कारण चीनमा लकडाउन भएकाले निर्धारित समय भन्दा अझै केही दिन ग्राहकहरूले कुर्नुपर्ने हुन्छ,’ एप्पलले भनेको छ। 

    एप्पलले गत सेप्टेम्बरमा आइफोन १४ का नयाँ मोडल सार्वजनिक गरेको थियो।

    जोङ्जोमा ३ हजार ६ सय ८३ जनामा कोभिड संक्रमण देखिएपछि चीनले लकडाउन गरेको हो। चीनमा सक्रिय संक्रमितहरूको संख्या ५ हजार ६ सय ४३ पुगेको छ। यो संख्या ६ महिना यताकै उच्च हो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार