Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

यस्तो छ नेपाल टेलिकमको निर्वाचन अफर

यस्तो छ नेपाल टेलिकमको निर्वाचन अफर

आर्थिक पत्र
सोमवार, कार्तिक २८ २०७९
  • काठमाडौं । नेपाल टेलिकमले निर्वाचन अफर सार्वजनिक गरेको छ।

    टेलिकमले आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताका साथ मोबाइलमै प्राप्त गर्नका लागि उक्त अफर उपलब्ध गराएको बताएको छ। 

    यस अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरू उपलब्ध गराइएको छ। 

    कम्पनीका अनुसार डाटा प्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जिबी डाटा २९४ रुपैयाँमा उपलब्ध छ। 

    यसैगरी, ६ जिबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा ९८ रुपैयाँमा उपलब्ध छ। 

    एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबिपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ।

    यी प्याकहरू जुनसुकै समय प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।

    यो अफर  देखि आगामी मंसिर ११ गतेसम्म उपलब्ध हुने बताइएको छ।

    आगामी मंसिर ११ गतेसम्म मोबाइलबाट *१४१५*११# डायल गरी वा 'नेपाल टेलिकम एप' प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने कम्पनीले बताएको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार