Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

भारतबाट पेट्रोलको मूल्य बढेर आयो, नेपालमा के होला ?

भारतबाट पेट्रोलको मूल्य बढेर आयो, नेपालमा के होला ?

आर्थिक पत्र
बिहिवार, मंसिर १ २०७९
  • काठमाडौं । भारतले पेट्रोलको मूल्य पुनः बढाएर पठाएको छ।नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ३.१६ रुपैयाँ बढेको छ। आईओसीले हरेक १५–१५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउने गरेको छ। आईओसीले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै नेपालमा पठाउने पेट्रोलियम पदार्थको मूल्य पनि हेरफेर गर्ने गर्छ।

    images

    आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेलको भाउ भनेर घटेर आएको छ। जसअनुसार डिजेलमा भने प्रतिलिटर १.३० रुपैयाँ मूल्य घटेर आएको छ।

    नयाँ मूल्यअनुसार अब निगमलाई पेट्रोलमा प्रतिलिटर १०.७६ रुपैयाँ नाफा हुनेछ। यसअघि निगमलाई प्रतिलिटर पेट्रोलमा १३.९२ रुपैयाँ नाफा थियो। जसअनुसार निगमलाई पाक्षित (१५ दिन)मा १८ करोड रुपैयाँ नाफा थियो।

    डिजेलमा यसअघि प्रतिलिटर १२.१३ रुपैयाँ घाटा व्यहोगर्दै आएको निगमले अब भने १०.८३ रुपैयाँ घाटा रहने निगमले जनाएको छ।गत वर्षको तुलनामा हाल इन्धनको खपत साढे ७ प्रतिशतले घटेको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार