Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

डिशहोमले वर्ल्ड कप टुके रिसलुसनमा प्रसारण गर्दै

डिशहोमले वर्ल्ड कप टुके रिसलुसनमा प्रसारण गर्दै

आर्थिक पत्र
सोमवार, मंसिर ५ २०७९
  • काठमाण्डौ । डिश मिडिया नेटवर्कले आफ्नो फिफा विश्वकप २०२२ अभियान ‘फिल द म्याजिक अफ फुटबल इन डिशहोम’ अभियान सुरु गरेको छ।

    नेपालको एकमात्र डीटीएच कम्पनी डिशहोमले लामो समयदेखि प्रतीक्षा गरिएको फिफा विश्वकप फुटबलको प्रसारण गर्नेछ। हरेक ४–४ वर्षमा हुने विश्वकप फुटबललाई नेपाली फुटबलका फ्यानहरुले हर्षोल्लासका साथ स्वागत गर्ने गरेका छन्।

    नेपाली सामाजिक सञ्जालको लोकप्रियता र फ्यानहरुको गतिविधिलाई मध्यनजर गर्दै डिशहोमले धेरै उपहारसहित सामाजिक सञ्जालका लागि विभिन्न डिजिटल अभियानहरु जारी गरेको छ । त्यस अभियानमा सहभागी हुनका लागि डिशहोमको फेसबुक पेजमा गई पोस्टमा #MagicalMomentsof  (उनीहरुको मनपर्ने टिम जस्तै, MagicalMomentsofPortugal प्रयोग गर्नुपर्नेछ।

    यसका साथै आफूले समर्थन जनाएको देशको म्याजिकल क्षणहरुको भिडियो क्लिप वा फोटो पोस्ट गर्नुपर्नेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार