Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एसटिसी र शुलभ पे बीच स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा सञ्चालनको सम्झौता

एसटिसी र शुलभ पे बीच स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा सञ्चालनको सम्झौता

आर्थिक पत्र
बिहिवार, मंसिर १५ २०७९
  • काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज (एससिटी) र शुलभ पे (एन क्याश वालेट) बीच स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ।

    काठमाडौंमा बुधबार आयोजित एक विशेष कार्यक्रमकाबीच स्माटच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र शुलभ पे का तर्फबाट प्रबन्ध निर्देशक सतिश पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता आदान प्रदान गरे।

    बिगत २० वर्षदेखि कार्डलगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र नेपाली वालेट प्रयोगकर्ता माझ लोकप्रिय शुलभ पे (एन क्याश वालेट) बीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा कम्पनीले लिएको छ।

    यस सम्झौतापछि शुलभ पे (एन क्याश वालेट) प्रयोगकर्ताले शुलभ पे वालेटमार्फत स्मार्ट क्युआर मर्चेन्टहरूलाई भुक्तानी गर्न सक्नेछन् भने शुलभ पे मार्फत विभिन्न व्यापार/व्यवसायमा संलग्न व्यवसायीहरूले स्मार्ट क्युआरमार्फत भुक्तानी लिनलाई स्माट क्युआरको सुविधा लिन सक्ने कम्पनीको भनाइ छ। 

    इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीचमार्फत कारोबारको भुक्तानी तथा फर्छ्यौट गर्ने भएकाले स्मार्ट क्युआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो हुने कम्पनीले बताएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार