Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सिंजाका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

सिंजाका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

आर्थिक पत्र
शुक्रवार, मंसिर १६ २०७९
  • जुम्ला । ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी भइसके पछिका  महिलाका लागि  सिंजा गाउँपालिकाले घरदैलोमा उपचार सेवा दिने भएको छ । सिंजा गाउँपालिकाभरिका ज्येष्ठ नागरिक र शारिरिक रुपमा कमजोर बनेका व्यक्तिलाई स्वास्थ्य संस्थाको पहुँचमा पुर्‍याउन  निःशुल्क  उपचार सेवा घरदैलोमै पुगेर दिइने भएको हो ।  

    सिंजा गाउँपालिका ‘हामी बनाउँछौं हाम्रो गाउँपालिका, राम्रो गाउँपालिका'  बनाउनका लागि नागरिकका आवश्यकताका आधारमा सेवा दिने गरिएको  सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।

    उनले भने, ’यो सिंजा गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि र गर्भवती र सुत्केरी भइसकेका महिलालाई प्रत्येक महिनामा घरदैलोमार्फत नि:शुल्क स्वाथ्य सेवा दिइने कार्यक्रमा शुक्रबारबाट औपचारिक रुपमै सुरु गरिएकाे छ।' 

    गाउँपालिकाभित्रका गर्भवती महिला ,ज्येष्ठ नागरिक र दमका बिरामीहरुको लागि सुगर, प्रेसरजस्ता सेवाहरु गाउँपालिकाले घरदैलामै पुगेर दिन भएको सिंजा गाउँपालिका स्वाथ्य शाखामा प्रमुख ललितजंङ रोकायाले बताए ।

    उनका अनुसार स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने हाम्रो लक्ष्य रहेको छ । उनले भने, ‘यो कार्यक्रम विषेश गरी ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी महिला र बालबालिका शारिरिक रुपमा असक्त रहेका व्यक्तिका लागि हो ।'

    ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिला र स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई प्राथमिकतामा राखी यस्तो सेवा दिने गरिएको हो । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार