Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सजिलो सेवाको सेवा अब पोखरामा पनि, सेवा प्रदायकले मासिक डेढ लाखसम्म आम्दानी गर्ने अवसर

सजिलो सेवाको सेवा अब पोखरामा पनि, सेवा प्रदायकले मासिक डेढ लाखसम्म आम्दानी गर्ने अवसर

आर्थिक पत्र
सोमवार, मंसिर १९ २०७९
  • पोखरा। डिजिटल सर्भिस मार्केट प्लेस (सेवा बजार) 'सजिलो सेवा'ले पोखरामा आफ्नो सेवा विस्तार गरेको छ।

    अब पोखरेली सेवाग्राहीहरूले सजिलो सेवाको एप प्रयोग गरेर विभिन्न घरायसी सेवाहरू जस्तै प्लम्बिङ, इलेक्ट्रिकलदेखि होम सलुनसम्म एकै ठाउँमा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ।

    सन् २०१७ देखि काठमाडौं उपत्यका भित्र सञ्चालनमा आएर ५० हजारभन्दा धेरै अर्डर सम्पन्न गरेको कम्पनीले पहिलो पटक काठमाडौं उपत्यका बाहिर सेवा विस्तार गरेको जनाएको छ।

    कम्पनीका सेल्स तथा मार्केटिङ प्रमुख कविश भक्त श्रेष्ठका अनुसार सजिलो सेवाले सन् २०२७ सम्म देशभर १० हजारभन्दा धेरै युवाहरूलाई रोजगारी प्रदान गर्ने लक्ष्य लिएको छ। 

    हालसम्म कम्पनीले २५० भन्दा धेरै सेवाग्राही मार्फत ५० भन्दा धेरै सेवा प्रदान गर्दै आइरहेको कम्पनीको भनाइ छ।

    पोखरा नेपालको पर्यटन क्षेत्रको केन्द्रबिन्दु भएको र पर्यटन क्षेत्रको प्रबर्द्धन गर्न गुणस्तरीय सेवा अपरिहार्य रहने हुनाले यहाँको घर, अफिस तथा पर्यटकहरुलाई सजिलो सेवा सान्दर्भिक हुने विश्वासका साथ सेवा विस्तार गर्न लागेको श्रेष्ठले बताए।

    सजिलो सेवा पोखराका प्रमुख बिमल बास्तोलाले पोखराको बजारमा सजिलो सेवाको प्रवेशले यहाँको बजारमा सेवाको गुणस्तरमा उल्लेख्य सुधार आउने विश्वास व्यक्त गरे। 

    सेवा प्रदायकहरू सजिलो सेवासँग जोडिन धेरै उत्सुक रहेको देखिएको र अहिलेनै ४० जनाले आफूलाई दर्ता गरिसकेको बास्तोलाले बताए।

    सजिलो सेवाले आफ्नो सेवा प्रदायकहरु माझ मासिक २० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म कमाउन सक्ने अवसर प्रदान गर्ने छवी बनाएको कम्पनीले बताएको छ।

    उपत्यका भित्रका सेवाग्राहीलाई पारदर्शी ढंगले सहुलियत दरमा गुणस्तरीय सेवा प्रदान गरेको सजिलो सेवाले आफ्नो सेवा प्रदायकहरु माझ मासिक २० हजार रुपैयाँदेखि एक लाख ५० हजारसम्म कमाउन सक्ने अवसर प्रदान गर्ने बताइएको छ।

    सेवाग्राहीले पहिलो ३ महिनासम्म सजिलो सेवाको एपमार्फत अर्डर गर्दा 'सजिलो एप' प्रोमो कोड प्रयोग गरेर ५० प्रतिशत छुट प्राप्त छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार