Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने एक जना पक्राउ

साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने एक जना पक्राउ

आर्थिक पत्र
मंगलवार, मंसिर २० २०७९
  • काठमाडौं ।  नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका- ५ झुवानीटोलका १८ वर्षीय किशोर रहेका छन् । 

    सर्वसाधारणलाई झुक्क्याएर ठगी गर्ने उद्देश्यले नक्कली फेसबुक पेज बनाउने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको टोलीले सोमबार पक्राउ गरेको जनाएको छ ।  

    उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको पनि प्रहरीले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार