Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

कोरोना महामारीमा चन्दा उठाएर बतास समूहले दियो दुई वर्षपछि अस्पतालमा अक्सिजन प्लान्ट

कोरोना महामारीमा चन्दा उठाएर बतास समूहले दियो दुई वर्षपछि अस्पतालमा अक्सिजन प्लान्ट

आर्थिक पत्र
शुक्रवार, मंसिर २३ २०७९
  • पोखरा । बतास अर्गनाइजेसनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । कोभिड महामारीका बेला बतासले अक्सिजन प्लान्ट खरिदका लागि चन्दा उठाएको थियो । कोरोनाकालमा प्लान्ट ल्याउन नसकेको बतासले दुई वर्षपछि अस्पतालमा प्लाण्ट हस्तान्तरण गरेको हो । 

    बतास फाउन्डेसनले सुरुमा उच्च क्षमताको अत्याधुनिक अक्सिजन प्लान्ट ल्याउने जनाएको थियो । सहयोग संकलन महाअभियानबाट तीन करोड ४५ लाख १७ हजार पाँच सय ५५ रुपैयाँ संकलन भएको थियो । त्यसमा बतास फाउन्डेसन र बतास अर्गनाइजेनसबाट ५५ लाख राखिएको फाउन्डेसनले जनाएको छ । 

    निर्धारित समयभन्दा निकै ढिलो प्लान्ट ल्याउकोमा बतास फाउन्डेसनले क्षमा मागेको छ । ‘निर्धारित समयभन्दा निकै ढिलो मात्र प्लान्ट हस्तान्तरण गर्न सकेकोमा भने हामी क्षमा प्रार्थी छौं,’ फाउन्डेसनका प्रवक्ता नारायण पौडेलले भने, ‘२०७८ जेठमा नै फ्रान्समा प्लान्ट खरिद गरिसकेका थियौं । तर, अघिल्लो सरकार कार्गो कम्पनी र आयातकर्ताबिचको असमझदारीका कारण प्लान्ट ल्याउन ढिलाइ भयो ।’

    पछिल्लो समयमा भने रुस–युक्रेन युद्धका कारण कार्गो ढुवानीमा समस्या आउँदा ढिलो भएको उनले बताए । एयर कार्गोबाट ढुवानी गर्ने सम्झौता भए पनि ल्याउन सम्भव नभएपछि जल तथा स्थल मार्गबाट ल्याइएको पौडेलले बताए । प्लान्ट खरिद र अभियान सन्चालनका लागि पोखराका पूर्वमेयर मानबहादुर जिसीको संरक्षकत्वमा बतास अर्गनाइजेसन तथा फाउन्डेसनका अध्यक्ष आनन्दराज बतास संयोजक बनेर काम गरेका थिए । 

    प्लान्टले दैनिक एक सय ५० सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने बताइएको छ । अस्पतालले आवश्यक पूर्वाधार निर्माण भएपछि प्लान्ट जडान गर्ने जनाएको छ । 
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार