Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एनसेलको ६० जीबी डेटा प्याक खरिद गर्दा अन्नपूर्ण होटेलमा विश्वकप हेर्ने अवसर

एनसेलको ६० जीबी डेटा प्याक खरिद गर्दा अन्नपूर्ण होटेलमा विश्वकप हेर्ने अवसर

आर्थिक पत्र
शनिवार, मंसिर २४ २०७९
  • काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटाले जारी विश्वकपलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ ।

    यस अफर अन्तर्गत प्रयोगकर्ताले पाँच सय ९९ रुपैयाँ पर्ने ६० जीबी डेटा खरिद गर्दा अन्नपूर्ण होटेलमा फिफा विश्वकपको फाइनल म्याच निशुल्क हेर्न‍‍े मौका पाउन सक्नेछन् । सीमित अवधिभित्र यो डेटाप्याक खरिद गर्ने प्रयोगकर्ताले उक्त होटेलमा विश्वकपको फाइनल खेल निःशुल्क हेर्न सक्नेछन् ।

    प्याक खरिद गर्नका लागि *१७१२३*३०# टाइप गरेर कल गर्न सकिन्छ । प्याक खरिद गरिसकेपछि नजिकैको एनसेल सेन्टरबाट टिकेट लिनुपर्ने हुन्छ । त्यसपछि काठमाडौँ दरबारमार्गस्थित होटेल अन्नपूर्णमा विश्वकप फुटबलको फाइनल खेलको लाइभ निःशुल्क हेर्न सकिन्छ । 

    यो अफर ९ डिसेम्बरदेखि १७ डिसेम्बरसम्म रहेको कम्पनीले जनाएको छ । एनसेलका अनुसार सिट सीमित भएकाले छिटो डेटा प्याक खरिद गर्ने ग्राहकले विश्वकपको लाइभ हेर्न पाउनेछन् ।  

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार