Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

मस्कले ट्वीटरका कर्मचारीलाई चेतावनी दिँदै भने-गोप्य सूचना चुहावट गरे मुद्दा हालिदिन्छु

मस्कले ट्वीटरका कर्मचारीलाई चेतावनी दिँदै भने-गोप्य सूचना चुहावट गरे मुद्दा हालिदिन्छु

आर्थिक पत्र
आइतवार, मंसिर २५ २०७९
  • न्युयोर्क । ट्विटरको नयाँ मालिक एलोन मस्कले ट्वीटरका कर्मचारीहरूलाई एक अल्टिमेटम जारी गर्दै गोप्य जानकारी सञ्चार माध्यमलाई नदेखाउन र यदि त्यसो गरेमा कानुनी परिणाम भोग्नका लागि तयार हुन चेतावनी दिएका छन् । मस्कले कर्मचारीहरूलाई उनीहरूले बुझेको संकेत गर्ने वाचामा हस्ताक्षर गर्न माग गरेका छन् ।
    मस्क कम्पनीका सूचना चुहावटबारे खुसी छैनन् ।

    प्लेटफर्मरको रिपोर्टअनुसार मस्कले कर्मचारीहरूलाई लेखे, ‘ट्विटरको गोप्य सूचनाको जानकारी विस्तृत चुहावटबाट भएसँगै हाम्रो कम्पनीका केही व्यक्तिहरूले कम्पनीको हित विपरीत कार्य गर्न जारी राख्छन् ।’

    उनले अगाडि थपे, ‘यो एक पटक मात्र भनिन्छः यदि तपाईंले कार्यलयमा संलग्न हुँदा हस्ताक्ष्र गर्नु भएको एनडीए जानाजानी उल्लंघन गर्नुभयो भने  तपाइँ कानूनको पूर्ण हदसम्म दायित्व स्वीकार गर्नुहुन्छ र ट्विटरले तुरुन्तै क्षतिपूर्ति खोज्नेछ । ’

    कहिलेकाहीं जानी जानी हुने गल्तीलाई माफ गर्न सकिन्छ, तर मिडियालाई विस्तृत जानकारी पठाउँदा यसले योग्य जबाफ पाउनेछ’ उनले कर्मचारीलाई पठाएको इमेलमा भनिएको छ ।  
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार