Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा एनटीसीका ग्राहकहरुलाई डेटा शुल्क नलाग्ने

सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा एनटीसीका ग्राहकहरुलाई डेटा शुल्क नलाग्ने

आर्थिक पत्र
बुधवार, मंसिर २८ २०७९
  • काठमाडौं। नेपाल टेलिकमका ग्राहकहरुले सिभिल बैंकको मोबाइल बैंकिङ एप निस्शुल्क प्रयोग गर्न पाउने भएका छन्। जसका लागि सिभिल बैंक र टेलिकमबीच सम्झौता भएको छ।

    सम्झौता अनुसार पुस १ गतेदेखि टेलिकमको मोबाइल सेवा प्रयोगकर्ताहरुले डेटा अन गरी सिभिल बैंकको मोबाइल बैंकिङ एप मार्फत फन्ड ट्रान्स्फर, क्यूआर पेमेन्ट लगायत अन्य फिचरहरुको उपयोग गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ। सम्झौता पत्रमा सिभिल बैकका तर्फबाट चिफ बिजिनेस भोलाबहादुर बिष्ट र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यवसायिक अधिकृत संगिता अर्यालले हस्ताक्षर गरेका छन्।

    राष्ट्र बैंकको विद्युतीय माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीति बमोजिम सिभिल बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यो सम्झौता गरेको जनाएको छ। बैंकको साढे चार लाख भन्दा बढी मोबाइल बैंकिङ एपका प्रयोगकर्ताहरु यस सम्झौतापत्रबाट प्रत्यक्ष लाभान्वित हुने बैंकका चिफ बिजिनेस भोलाबहादुर बिष्टले बताए।

    हालसम्म ९५.२४ अर्ब निक्षेप संकलन गरि करिब ८७.०८ अर्ब रुपैयाँ ऋण लगानी गरेको बैंकले हाल ११५ शाखा, १३ वटा एक्सटेन्सन काउण्टर तथा १०२ एटिएम मार्फत सेवा दिइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार