Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

महानगर दिवसका अवसरमा सैनिक मञ्चमा नि:शुल्क स्वास्थ्य शिविर

महानगर दिवसका अवसरमा सैनिक मञ्चमा नि:शुल्क स्वास्थ्य शिविर

आर्थिक पत्र
बुधवार, मंसिर २८ २०७९
  • काठमाडौं। २८औं महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले नेपाली सेनासँगकाे साझेदारीमा बृहत् स्वास्थ्य शिविर र नि:शुल्क औषधि वितरण गरिरहेकाे छ ।

    बुधबार र बिहीबार बिहान ८ बजेदेखि १२ बजेसम्म बिरामीको नाम दर्ता र बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म स्वास्थ्य परीक्षण गरिने जनाइएकाे छ । सहिदगेटस्थित नेपाली सेनाको खेल मैदानमा उक्त शिविर सञ्चालन भइरहेको सेनाले जनाएको छ । 

    शिविरमा जनरल फिजिसियन, कार्डियोलोजी, छाती रोग, स्त्री रोग, अल्ट्रा साउण्ड बालरोग, आँखा रोग, नाक कान घाँटी रोग, नसा तथा मानसिक रोग तथा दन्तरोगसम्बन्धी परीक्षण र औषधि वितरण भइरहेकाे काठमाडौं महानगरपालिकाले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार