Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एनआइसी एसीया बैंकको मोबाईल बैंकिङ्ग सेवा ब्लक भयो ? यसरी गर्नुहोस अनब्लक

एनआइसी एसीया बैंकको मोबाईल बैंकिङ्ग सेवा ब्लक भयो ? यसरी गर्नुहोस अनब्लक

आर्थिक पत्र
बिहिवार, मंसिर २९ २०७९
  • काठमाडौं । एनआइसी एसीया बैंक लिमिटेडले आफ्ना ग्राहकको सेवा सुविधालाई मध्यनजर गर्दै आइसर्भबाटै सहजै मोवाईल बैकिङ्ग सुविधा लिन सकिने व्यवस्था गरेको छ । बैंकले डिजिटल मोबाइल बैैंकिङ्गको प्रयोग गरी बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुलाई बैंक धाउनु पर्ने समस्याको समाधान गरिदिएको छ ।

    ग्राहकहरुको कहिले काहि मोबाईल हराउँदा तुरुन्तै मोेबाईल बैकिङ्क सेवा ब्लक गनुपर्ने हुन्छ, साथै मोबाईल बैंकिङ्क सेवा ब्लक भइसकेको खण्डमा ग्राहकहरुले मोबाईल बैंकिङ्ग सुचारु गर्न बैंक सम्मै धाउनु पर्ने झन्झटलाई बैंकले हल गरेको हो ।
    बैंकले अब घरमै बसेर अनलाइनबाटै यस्ता खालका समस्या समाधान गर्न सकिने सुबिधा ल्याएको हो ।

    यस्तो छ प्रक्रिया

    एनआइसी एसीया बैंकको मोबाईल बैंकिङ्ग सेवा ब्लक भएको खण्डमा आइसर्भ र एनआईशी बैंकको मोबाईल बैकिङ्ग एपमार्फत सो समस्याको हल गर्न सकिन्छ ।

    एनआईशी एसीया बैकको इसर्भबाट सजिलै मोबाईल बैकिङ्कमा जाने त्यसपश्चात आफ्नो समस्या बमोजिमको सामाधानको अप्सन रोजेर सामाधान गर्न सकिन्छ ।

    न्यु रजिष्ट्रेशनको समस्या रहेको छ भने त्यस अप्सनमा क्लिक गरेर दिएको निर्देशन बमोजिम समस्या समाधान गर्न सकिन्छ ।

    मोबाईल बैकिङ्कको पिन रिसेट गर्नुपर्ने भएमा पिन रिसेट अप्सनमा जानुहोस र आफ्नो समस्या सामाधान गर्नसकिन्छ ।
    त्यस्तै, अनब्लक मोबाईल बैंकिङ्क र ब्लक मोबाईल बैैंकिङ्क सम्बन्धि समस्या भएको खण्डमा दिएका अप्सनमा गएर उल्लेखित बैंकको निर्देशन बमोजिम आफ्नो समस्या सामाधान गर्न सकिन्छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार