Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

बूढीगण्डकी नदीमा ८१ मेगावाटको जलविद्युतको वातावरणीय प्रतिवेदनका लागि सुझाव माग

बूढीगण्डकी नदीमा ८१ मेगावाटको जलविद्युतको वातावरणीय प्रतिवेदनका लागि सुझाव माग

आर्थिक पत्र
शुक्रवार, पौष १ २०७९
  • काठमाडौं । गोरखास्थित बूढीगण्डकी नदीमा ८१ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकनको काम अगाढि बढेको छ । 

    images

    चुमनुब्री गाउँपालिकामा ८१ मेगावाटको जलविद्युत आयोजना निर्माणका लागि चिलिमे जलविद्युत कम्पनीले वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्न सुझाव मागेको हो ।

    आयोजना निर्माण गर्दा प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक, आर्थिक प्रणालीबीच पर्नसक्ने अवसरबारे ७ दिनभित्र सुझाव पेश गर्न भनिएको छ ।

    कम्पनीका अनुसार आयोजनाका लागि चुमनुब्री गाउँपालिका-४ नजिक ९ मिटर अग्लो बाँध बनाउनेछ, त्यहाँबाट पानीलाई सङ्लो बनाएर ४ हजार ३६५ मिटर लामो सुरूङमार्फत पानी चुमनुब्री-५ बिही नजिक निर्माण हुने पावरहाउसमा खसालिनेछ ।

    सो पानीलाई टेसरेस सुरूङबाट पुनः बूढीगण्डकी नदीमै खसालेर बिजुली निकालिनेछ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार