Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

९ जना नर्ससहित वीर अस्पतालका १२ कर्मचारी सम्पर्कविहीन

९ जना नर्ससहित वीर अस्पतालका १२ कर्मचारी सम्पर्कविहीन

आर्थिक पत्र
आइतवार, पौष ३ २०७९
  • काठमाडौं । वीर अस्पतालले आफ्ना नौ नर्ससहित १२ जना कर्मचारी सम्पर्कविहीन भएको भन्दै हाजिर हुन आउन सार्वजनिक सूचना जारी गरेको छ । 

    अस्पतालले आइतबार सार्वजनिक सूचना निकालेर सम्पर्कविहीन भएका  रजिष्ट्रार÷ट्युटर एकजना, ९ जना स्टाफ नर्स र दुईजना अनमीलाई ३० दिनभित्र हाजिर हुन आउन भनेको हो । 

    लामो समयदेखि विदा स्वीकृति नगराई अस्पतालमा अनुपस्थित भएपछि सार्वजनिक सूचना निकालेर उनीहरुलाई हाजिर हुन आउन भनिएको हो । 

    बेखबर बिदा बसेका रजिष्ट्रार÷ट्युटर डा. सृष्टी शाह, स्टाफ नर्सहरू सम्झना श्रेष्ठ, ओमदेवी पुन, सुशीला ढकाल, सरस्वती अर्याल, शान्ति लम्साल, रेणुका अधिकारी, सकिला चौलागाईं, अन्जुकला राई, जमुना सिटौला र अनमीद्वय अनिता बसेल र साहिदा सुब्बालाई ३० दिनभित्र हाजिर हुन आउन अस्पतालले सार्वजनिक सूचनामार्फत् भनेको हो ।

    अन्यथा ३० दिनभित्र हाजिर हुन नआए चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कर्मचारी सेवाका सर्त तथा सुविधासम्बन्धी नियमावली र स्वास्थ्य सेवा ऐनअनुसार कारबाही गरिने सार्वजनिक सूचनामार्फत चेततावनी पनि दिइएको छ । 

    bir1.jpg

    Bir2.jpg


     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार