Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

जर्मन प्रविधिबाट नेपालमै चाइनिज इँटा उत्पादन हुँदै

जर्मन प्रविधिबाट नेपालमै चाइनिज इँटा उत्पादन हुँदै

आर्थिक पत्र
बिहिवार, पौष ७ २०७९
  • काठमाडौं। जर्मन प्रविधिबाट अब नेपालमै इँटा उत्पादन सुरु हुने भएको छ । दुई महिनापछि त्यस्ताे प्रविधिमार्फत इँटा उत्पादन सुरु हुने जनाइएको छ । यसको लागि पोखराको पोल्याङमा एक सय रोपनी क्षेत्रफलमा कारखाना निर्माण र करिब ३० करोड लगानीमा उद्योग खुलेको हो ।

    पोखरा इको रेड ब्रिक्स प्रालिले यसको लागि तयारी अन्तिम चरणमा पुगेकाे जनाएकाे छ । नेपाल इको प्यानल समूहका लगानीकर्ताहरूको समूहले उद्योग सञ्चालन थालेको  हो । लगानीकर्तामध्येका एक ईन्जिनियर कृष्णभक्त दुवालले त्यसका लागि आफूहरूले अन्तिम तयारी गरिरहेको जनाए । माघ महिनाबाट हाम्रा इटाहरु बजारमा आउन थाल्ने छन्, उनले भने । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार