Logo

Oct 30 2026

Oct 30 2026 | २०८३ कार्तिक १४ गते

images

सेयर बजार २३ अंकले ओरालाे

सेयर बजार २३ अंकले ओरालाे

आर्थिक पत्र
बिहिवार, जेठ ५ २०७९
  • काठमाडाैं । सेयर बजार नेप्सेमा बिहीबार २३ अंकले ओरालाे लागेकाे गिरावट आएको छ । बुधबार पनि ८ अंकले ओरालाे लागेकाे नेप्से परिसूचक बिहीबार २३ दशमलव ५१  अंकले ओरालाे लागेकाे हाे ।

    images

    नेप्सेको सेन्सेटिभ इन्डेक्स ३ दशमलव ८८  अंकले घटेर  ४ सय ३७ दशमलव २१ अंकमा पुगेको छ। बिहीबार नेप्से बजारमा अधिकांश कम्पनीको सेयर मूल्यमा ओरालाे लागेकाे छ ।  

    बजारमा १८३ कम्पनीका लगानीकर्ताले ठूलो रकम गुमाएका छन् भने ३१ कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् । बिहीबार नेप्सेमा २१९ कम्पनीको ३७ लाख ९८ हजार २६३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३० करोड ९ लाख ८१ हजार रुपैया बराबरको कारोबार भएको छ ।

    बिहीबारकाे कारोबार रकम बुधबारभन्दा २ करोड ५४ लाखले कमी आएको हो । नेप्सेमा बुधबार १ अर्ब ३२ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। 

    नेप्से बजारमा मिचुअल फन्टमा लगानीकर्ताबाहेक अधिकांश सेक्टरका लगानी कर्ताले गुमाएका छन् । मिचुअल फन्ट सेक्टरमा शून्य दशमलव ११ अंकको झिनो सुधार आउँदा लाइफ इन्स्योरेन्सको सेक्टरमा १७२ अंकले र नन् लाइफ इन्स्योरेन्सको सेक्टरमा १४३ अंकले ओरालाे आउँदा अन्य सेक्टरमा १०० अंकमुनिको गिरावट आएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार