Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

नेपाल इन्जिनियरिङ कलेजमा हावाबाट बिजुली

नेपाल इन्जिनियरिङ कलेजमा हावाबाट बिजुली

आर्थिक पत्र
शुक्रवार, पौष १५ २०७९
  • भक्तपुर । भक्तपुरको दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) मा हावाबाट बिजुली निकालिने भएको छ । जापानस्थित जापान इनर्जी सेफ्टी एसोसिएसन (जेइएसए) ले उपलब्ध गराएको उपकरणहरुको प्रयोग गरी यहाँं बिजुली निकाल्न लागिएको हो । यसका लागि आवश्यक सम्पूर्ण सामाग्रीहरू कलेजलाई हस्तान्तरण गरिएको छ । 

    images

    'यी सामानहरूको जडान गरी एक दुई दिनबाट नै बिजुली उत्पादन गर्नेछौं, कलेजका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले भने, 'अहिलेलाई डेमोको रुपमा मात्रै यो गर्न खोजेका हौं ।'

    कार्यक्रममा जेइएसएका इन्जिनियरिङ एडभाइजर इटसयू किरिहाराले कलेजका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीलाई आवश्यक सम्पूर्ण सामाग्रीहरु हस्तान्तरण गरे ।  कलेज भवनको छतमा यो प्रविधि जडान गर्न खोजिएको हो । कलेजमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूलाई प्रेरणा दिई उनीहरुबाट पनि यस्ता प्रविधिको विकासका लागि सहयोग होस् भन्ने हेतुले कलेजको भबनमा र कलेजसँंग सम्वन्वय गरी यो कार्य गरिएको कार्यक्रममा जनाइयो । साथै विद्यार्थीलाई पनि यस प्रविधिकोबारेमा जानकारी गराई थप अनुसन्धानमा सहयोग गराउने उद्देश्यका साथ यसो गरिएको कार्यक्रममा जनाइयो । 

    यसका लागि संस्था र कलेजबीच एक समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । समझदारीपत्रमा कलेजका प्रिन्सिपल प्रा डा हरिकृष्ण श्रेष्ठ र जापानको जेइएसए संस्थाका इन्जिनियरिङ एडभाइजर इटसयू किरिहाराले हस्ताक्षर गरेका छन् । 

    उपलब्ध सामानहरू जोडेर केही दिनभित्रै विजुली निकालिने कलेजले जनाएको छ । यस अनुसन्धानबारे विद्यार्थीलाई पनि कक्षामा अभ्यास गराइने कलेजले जनाएको छ । 

    जनाइए अनुसार कलेज भवनको छतमा एउटा एन्टेना (फलामको रड) मा हावा चल्दा घुम्ने गरी मिलाइएको एउटा बाकस जस्तो सामान राखिनेछ । त्यसपछि त्यसको बेगबाट बिजुली स्टोर हुनेछ । त्यही स्टोर भएको विजुलीबाट आवश्यकताअनुसार बिजुलीको प्रयोग गरिने छ । जनाइअनुसार यसबाट पाँंच सय वाटको बिजुली उत्पादन हुनेछ ।

    जापानका लागि नेपाली फ्रेण्डशिप एम्बेसडर नरेश महर्जनका अनुसार यो डेमोको रुपमा मात्रै राख्न लागिएको हो । हावाबाट पनि विजुली उत्पादन सम्भब छ र यसै प्रविधिबाट नेपालमा पनि विजुली उत्पादन उपभोग गर्ने गरी गर्न सकिन्छ भन्ने सन्देश दिन डेमोको रुपमा गर्न खोजिएको जनाइएको छ ।

    नेपालका विभिन्न ठाउँंहरुमा हावाको गति नापेर अनुसन्धान गर्ने र त्यस अनुसार यो प्रविधिबाट बिजुली उत्पादन गर्ने योजना अगाडि वढाउन यसो गरिएको जनाइएको छ । 

    नेपालमा अहिलेसम्म हाइडोपावरको प्रयोगबाट मात्रै बिजुली निकालिएको छ । यसबाहेक सोलार प्रणालीबाट पनि घरघरमा सानोस्तरमा बिजुली उत्पादन गरी बिजुली निकालिएको छ । यसबाहेक अन्य प्रविधिको प्रयोगबाट उपभोग्य रुपमा बिजुली निकाल्न नसकिएको जनाइएको छ । 

    हावाबाट बिजुली निकाल्नका लागि सम्भाव्यता अध्ययन गर्नेे विश्वको सबैभन्दा प्रचलित मोडेल मेसो स्केल मोडेल हो । यसअन्तर्गत भूउपग्रहमार्फत् १० वर्षको तथ्यांक लिएर विश्लेषण गर्ने प्रचलन छ । उक्त तथ्यांकलाई प्राविधिक रुपमा पुष्टि गर्न दुई वर्ष परीक्षण गर्नुपर्छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार