काठमाडौं । एनसेलका प्रिपेड ग्राहकहरूले अब अझै सुलभ दरमा आफ्नो मेन ब्यालेन्सबाटै भ्वाइस कल सेवाको लाभ लिन सक्ने भएका छन्।
एनसेल आजियाटाले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर कर बाहेक प्रति मिनेट १ रुपैयाँ ६२ पैसा कायम गरेको छ।
प्रिपेड ग्राहकका लागि भ्वाइस सेवामा मेन ब्यालेन्सबाट कल गर्दा अर्थात् पेएजयुगोको नयाँ महशुल दर आज आज (आइतबार) देखि लागू भएको छ।
यसअघि कुनै पनि नेटवर्कमा लोकल कल गर्दा कर बाहेक १ रुपैयाँ ९९ पैसा शुल्क रहेको थियो।
यसअघि यो शुल्क कर सहित २ं रुपैयाँ ५२ पैसा रहेको थियो।
ग्राहकहरूलाई मेन ब्यालेन्सबाट ढुक्कसँग बिना कुनै प्याकेज अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउँदै नयाँ दर कायम गर्न पाएकोमा हर्षित भएको कम्पनीले बताएको छ।
आफ्ना ग्राहकहरूलाई गुणस्तरिय सेवा सुलभ दरमा प्रदान गर्दै उत्कृष्ट सेवा अनुभव प्रदान गर्न प्रतिवद्ध रहेको कम्पनीको भनाइ छ।

