काठमाडौं । करिब तीन महिना अघि सार्वजनिक आइफोन-१४ नेपाली बजार भित्रिएको छ। नेपालमा आइफोन-१४ को विभिन्न १४ मोडल खरिद गर्न सक्छन्।
नेपाली बजारमा यतिबेला १२८ जिबी, २५६ जिबी र ५१२ जिबीका आइफोन-१४ उपलब्ध छन् भने १२८ जिबी, २५६ जिबी र ५१२ जिबीमा आइफोन-१४ प्लस खरिद गर्न सकिन्छ।
त्यसैगरी १२८ जिबी, २५६ जिबी, ५१२ जिबी र १ टिबी स्टोरेज क्षमताको आइफोन-१४ प्रो उपलब्ध छन्। साथै ग्राहकहरूले आइफोन प्रो म्याक्समा १२८ जिबी, २५६ जिबी, ५१२ जिबी र १ टिबी स्टोरेज क्षमता पाउन सक्छन्।
नेपालमा एप्पलको आइफोनको लागि आधिकारिक आयातकर्ता तथा वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालिले रहेको छ। कम्पनीले यी सबै मोडलहरूको मूल्य पनि तोकिसकेको छ।
आइफोन-१४ प्लसमा १२८ जिबीको एक लाख ७३ हजार ९९० रूपैयाँ, २५६ जिबीको एक लाख ९२ हजार ९९० रूपैयाँ र ५१२ जिबीको दुई लाख २९ हजार ९९० रूपैयाँ तोकिएको छ।
नेपाली बजारमा आइफोन-१४ प्रो १२८ जिबी मोडल एक लाख ९४ हजार ९९० रूपैयाँ, २५६ जिबी मोडल दुई लाख १४ हजार ९९० रूपैयाँ, ५१२ जिबी मोडल दुई लाख ५४ हजार ९९० रूपैयाँ र १ टिबी मोडल दुई लाख ९९ हजार ९९० रूपैयाँमा खरिद गर्न सकिन्छ।
त्यसैगरी १२८ जिबी स्टोरेज क्षमताको आइफोन-१४ प्रो म्याक्सको बजार मूल्य दुई लाख १४ हजार ९९० रूपैयाँ, २५६ जिबी मोडलको दुई लाख ३४ हजार ९९० रूपैयाँ, ५१२ जिबीको दुई लाख ७४ हजार ९९० रूपैयाँ र १ टिबी मोडलको आइफोन-१४ प्रो म्याक्सको मूल्य तीन लाख १४ हजार ९९० रूपैयाँ तोकिएको छ।

