Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

घट्यो पेट्रोलियम पदार्थको भाउ

घट्यो पेट्रोलियम पदार्थको भाउ

आर्थिक पत्र
आइतवार, पौष २४ २०७९
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आइतबार साँझ बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटेको हो । 

    images

    निगमले आज राति १२ देखि लागू हुने गरी इन्धनको मूल्य घटेको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटेको छ । यस्तै हवाई इन्धनको मूल्य आन्तरिकतर्फ २० र बाह्यतर्फ ३० रुपैयाँ घटेको निगमले जानकारी दिएको छ । खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।  

    मूल्य घटाउन निर्देशन दिन दिउँसो साढे ३ बजे प्रधानमन्त्री प्रचण्डले निगमका कार्यकारी निर्देशक उमेश थानीलाई बालुवाटार बोलाएका थिए ।

    ४ दिन अघि प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिए पनि आयल निगमले अझै मूल्य नघटाएपछि कार्यकारी निर्देशक थानीलाई नै बोलाएर निर्देशन दिएको बताइन्छ । त्यसपछि निगम सञ्चालक समितिको बैठक बसेर मूल्य घटाउने निर्णय गरेको हो ।

    nigam1673188783.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार