Logo

Oct 30 2026

Oct 30 2026 | २०८३ कार्तिक १४ गते

images

नेप्से दोहोरो अङ्कले वृद्धि

नेप्से दोहोरो अङ्कले वृद्धि

आर्थिक पत्र
मंगलवार, जेठ १० २०७९
  • काठमाडौं। नेपाली सेयर बजार (नेप्से) मंगलबार दोहोरो अङ्कले वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक १६.३२ अंकले बढेर २२ सय १७ दशमलव १९ अङ्कमा पुगेर बन्द भएको छ । 

    images

    सोमबार नेप्सेमा ३४.२१ अंकले गिरावट आएको थियो । बढेको सेयर बजारमा सेन्सेटिभ इन्डेक्स ३.६२ अङ्कले बढेर ४ सय ३२ दशमलव ७८ अङ्कमा पुगेको छ । 

    मंगलबार नेप्से परिसूचक सुधार आएपनि कारोबार रकममा भने सोमबार भन्दा २८ करोड ७ लाख रुपैयाँले गिरावट आएको छ । 

    सेयर बजारमा मंगलबार ३१ लाख ७ सय ३० कित्ता कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

    मंगलबार नेप्सेमा ३९ लाख १७ हजार ६ सय ५५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३६ करोड ९५ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । 

    नेप्सेमा २ सय २४ कम्पनीको सेयर खरिदबिक्री भएकोमा १ सय ६०  कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् । 

    मंगलबारको बजारमा म्यूचल फन्ड र ट्रेण्डिङ सेक्टर बाहेक अधिकांश सेक्टरका लगानी कर्ताले नाफा कमाएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार