Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा पनि नेपालमा किन घटेन ?

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा पनि नेपालमा किन घटेन ?

आर्थिक पत्र
बुधवार, माघ ४ २०७९
  • काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आँउदापनि नेपालमा भने तत्काल मूल्य नघट्ने भएको छ । भारतबाट मूल्य घटेर आँउदा किन नघटाएको भनेर यतिवेला सर्वसाधरणले प्रश्न उठाईरहेका छन् । तर, नेपाल आयल निगमले त्यसको जवाफ तत्काल मूल्य नघटाउने भनेर दिएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा कायम रहेको मूल्य अनुसार भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूची अनुसार निगमलाई एलपी ग्याँसमा अझै प्रतिसिलिन्डर ३५९.५० रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।
     
    त्यसैगरी, विज्ञप्तिमा आयल कर्पोरेसन र नेपाल सरकारलाई गरी कुल १७ अर्ब ३० करोड रुपैयाँ ऋण तिर्न बाँकी रहेको उल्लेख गरेको छ । सो ऋण व्यवस्थापन गर्न निगमलाई अझै चुनौतीपूर्ण अवस्था रहेकाले हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय गरेको निगमले उल्लेख गरेको छ । आईओसीले माघ २ मा पठाएको नयाँ मूल्य सूचीमा डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटेर आएको थियो भने पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको थियो ।    

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार