Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

ह्याकरको कारण आइतबार बिहानैदेखि सरकारी वेबसाइटमा समस्या

ह्याकरको कारण आइतबार बिहानैदेखि सरकारी वेबसाइटमा समस्या

आर्थिक पत्र
आइतवार, माघ १५ २०७९
  • काठमाडौं । आईतबार बिहानैदेखि सरकारी वेबसाइटमा समस्या देखिएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) ले आईतबार बिहानैदेखि पुनः वेबसाइटमा समस्या देखिएको जनाएको छ ।

    सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेश पोखरेल शनिबारदेखि निरन्तर रुपमा अट्याक्ट आउँदा समस्या भएको बताउँछन् ।

    ‘अहिले पनि विभिन्न देशबाट नियमित रुपमा अट्याक्क आइरहेको छ, हामीले रोक्ने प्रयास जारी गरी राखेका छौँ’, उनले भने, ‘आइतबार बिहानैदेखि समस्या देखिएको छ, यो क्रम दिनभर चल्न सक्छ ।’

    मल्टिपल ठाउँबाट यस्तो अट्याक (आक्रमण) आएको भन्दै उनले आइतबार साँझसम्म पत्ता लाग्ने बताए । पोखरेलका अनुसार साइबर आक्रमणबाट सरकारी वेबसाइटका डाटा र सूचनामा भने कुनै हानि भएको छैन ।

    उनले नियमित रुपमा नभएर केही केही समय वेबसाइट चल्ने गरेको बताए ।

    उनले प्रारम्भिक अध्ययनबाट साइबर आक्रमण (डीएनएस अट्याक) भएको देखिएको बताए । त्यसलाई रोक्न एनआईटीसीले प्रयास गरिरहेको बताए ।

    शनिबार दिउँसो करिब १२ः३० बजेदेखि अवरुद्ध रहेका सरकारी वेबसाइट करिब ४ः३० बजे केही मिनेट सञ्चालनमा आए पनि पुनः अवरुद्ध भएको थियो ।

    लामो समयसम्म सरकारी वेबसाइट नचल्दा सेवाग्राही मर्कामा परेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार